२ कार्तिक २०८३, सोमबार

बाह्रकुने दहको मेलामा ‘मधुबाबु थापा’को यसरी गरियो सम्झना

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

घोराही, २ माघ । स्वार्गीय गायक मधुबाबु थापाको स्वरमा रहेको ‘जति हेरौँ–हेरौँ लाग्ने बाह्रकुने दह…’ गीत गाएपछि युवा गायक देबेन्द्र बस्नेतले बराह क्षेत्र माघे संक्रान्ति बृहत सांस्कृतिक धमाका– २०७३ मा अर्कै माहोल सृजना गरिदिएका छन् ।

दाङको घोराही नगरपालिकास्थित बाह्रकुने दहमा माघी पर्वका अवसरमा बृहत सांस्कृतिक कार्यक्रम शनिबार उनले आफ्नो तर्फबाट विशेष प्रस्तुति दिएका थिए । उनको प्रस्तुतिबाट आयोजकहरू पनि खुसी भएका छन् ।

राजधानीबाट आएका सीमित कलाकार र स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति रहेको सांस्कृतिक कार्यक्रममा भने गायक एवम् सञ्चारकर्मी बस्नेतले अलि धेरै प्रशंसा पाए । हुन त बस्नेतले दाङकै गायकको गीत गाएरै यति धेरै प्रशंसा पाएको हुनुपर्छ ।

थारु संस्कृतिसँग मेल खाने ‘जति हेरौँ–हेरौँ लाग्ने बाह्रकुने दह…’ बोलको गीतमा लठ्ठिएका दर्शकलाई बस्नेतले धेरै नै नचाएका थिए । हुन त गायक बस्नेतले ‘पानी पर्‍यो असिना झर्‍यो…’ गीत पनि गाएका थिए । तर उनले गएको ‘जति हेरौँ–हेरौँ लाग्ने बाह्रकुने दह…’ बोलको गीतलाई नै दर्शकले औधि मनपराइ दिएका थिए ।

वरिष्ठ गायक मधुबाबु थापाको करिव एक महिना अगाडि काठमाडौंमा निधन भएको थियो । गायक थापालाई स्थानीय कलाकारहरूले आफ्नै घरआँगनमा सम्झिएपछि दर्शकहरू भावनामा बगेका थिए । गायक बस्नेतले भने, ‘मधुबाबु थापा दाङ जिल्ला मात्रै नभइ समग्र राष्ट्रको गहना हुनुहुन्छ । ३० वर्ष अगाडि उहाँले नेपाली गीतसंगीतमा दिनुभएको योगदानका हामीले कदर गर्नुपर्छ । कदर गर्ने कुरा भनेर मात्रै हुँदैन । व्यवहारमा लागू गर्नुपर्छ । मआफैले उहाँलाई श्रद्धाञ्जलि दिन मधु दाईको गीत गाएको हुँ ।’

नागरिक दैनिको दाङका जिल्ला रिपोर्टर र रेडियो स्वर्गद्वारीका पत्रकार बस्नेले थुप्रै गीतमा स्वर दिएका छन् । उनी आफूलाई भर्सटाइल गायकका रुपमा अगाडि बढाउन चाहन्छन् । भन्छ, ‘सुगम संगीतमा मेरो अलिक धेरै चासो छ । तर मेला र महोत्सवमा पनि सुगम संगीतले चल्दैन । फाष्ट ट्रयाकका गीत पनि गाउनै पर्छ । गायकीमा भर्सटायल आवश्यक भइसक्यो ।’

बाह्रकुने दहको मेलामा आयोजित सांस्कृतिक कार्यक्रममा गायक दुर्गेश थापा, लोकदोहोरी गायिका भूमिका गिरी, गायक मेक्सम खातीलगायतले आ–आफ्नो प्रस्तति दिएका थिए ।