मुम्बई । दक्षिण भारतकी चर्चित अभिनेत्री ऋतुपर्णा सेनको फेरि चर्चा हुन थालेको छ । ३८ वर्षीया यी नायिकाले करिअरको सुरुवात मोडलिङबाट सुरु गरेकी थिइन् ।
गाँडु र काश्मिक सेक्सजस्ता फिल्मबाट उनी चर्चामा आएकी हुन् । त्यसपछि उनी दर्शकका बीच लोकप्रिय भइन् ।
थोरैलाई मात्रै थाह छ, उनले ओसिएन्स सिनेफ्यान फेस्टिबल अफ एसियन एन्ड अरब सिनेमामा कस्मिक ‘सेक्स’ बाट सर्वोत्कृष्ठ अभिनेत्रीको अवार्ड पाएकी छिन् ।
उनले बंगाली फिल्म ‘टेपोनोदर माथे’बाट डेब्यु गरेकी थिइन् । तर, यो फिल्म कहिल्यै हलमा लागेन ।
उनी फिल्ममा फुल न्युड सिन दिने नायिकाका रूपमा चर्चित छिन् । उनले कौशिक मुखर्जीको गाँडु र अमिताभ चक्रवर्तीको ‘कास्मिक सेक्स’ मा पूरै न्यूड सिन दिएकी छिन् ।
न्यूड सिनकै कारण चर्चामा आएकी ऋतुपर्णा सेन राम्रो विषय भएको फिल्ममा न्यूड सिन दिन राजी हुन्छिन् । – एजेन्सी















प्रतिक्रिया