२ कार्तिक २०८३, सोमबार

चर्चित पप गायक ‘यम बुद्ध’द्धारा आत्महत्या

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ माघ । चर्चित पप (र्यापर) गायक यम बुद्ध अर्थात अनिल अधिकारीले आत्महत्या गरेका छन् ।

बीबीसीका लण्डन सम्वाददाता भगिरथ योगीका अनुसार युवा गायक अधिकारीले उत्तर लण्डनस्थित आफ्नै निवासमा आत्महत्या गरेको परिवारका सदस्यले पुष्टि गरेका छन् ।

अधिकारी २९ वर्षका थिए । उनको शव शनिबार विहान ३ बजेतिर शौचालयमा भेटिएको बीबीसीले जनाएको छ । उनको शवलाई लण्डनको ह्यारोस्थित नर्थवीक पार्क हस्पिटलमा राखिएको छ ।

आत्महत्याको कारण खुल्न सकेको छैन् । यता उनका नातेदार भाई रेश मरहठ्ठाले पनि यो घटनाको पुष्टि गरेका छन् । उनले आत्महत्याको कारण थाहा नभएको र पोस्टमार्टम रिपोर्टपछि मात्र भन्न सकिने प्रतिक्रिया दिएका छन् ।

यम बुद्ध पप गायनमा चर्चित थिए । उनी पत्नीसँगै लण्डनमा बस्दै आएका थिए ।