काठमाडौँ, २८ भदौ । नवनियुक्त उद्योगमन्त्री महेश बस्नेतले आफूविरुद्ध लगाइएका टिप्पणीले आफुलाई दुःखी बनाएको प्रतिक्रिया दिनुभएको छ ।
मन्त्री नियुक्त भएपछिको पहिलो कार्यक्रममा बोल्दै उहाँले आफुप्रति र युवासंघविरुद्ध टिप्पणी गर्नेहरुले पछुताउनुपर्ने दिन आउने समेत चेतावनी दिनुभयो ।
उहाँले आफु मन्त्री भएपछि सामाजिक सञ्जालहरुमा विभिन्न खालका टिप्पणी आएको र ती टिप्पणीले आफ्लाई अन्याय गरेको दाबी गर्नुभयो ।
‘अहिले साथीहरुले म माथि जुन खालको अन्याय गर्नुभएको छ, त्यस्ता साथीहरुले एकदिन पक्कै पनि पछुताउनुपर्नेछ,’ उहाँले भन्नुभयो ।
बस्नेतले आफूले पाएको जिम्मेवारी कसैको चाकडीले प्राप्त नभएको उल्लेख गर्दै योग्यता र क्षमताअनुसार जिम्मेवारी पाउनुपर्छ भन्ने लडाईँ स्थापित गरेको दाबी गर्नुभयो ।
चाकडी र चाप्लुसीमा आफु र युवासंघले विश्वास नगर्ने बताउनुभयो ।
















प्रतिक्रिया