२ कार्तिक २०८३, सोमबार

पुराना गायक सुबेदीको ‘रात दिन तिम्रै याद आउँछ…’ सार्वजनिक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाल्टिमोर । अमेरिकाको बाल्टिमोरमा बस्दै आएका गायक रतन सुवेदीको ‘रात दिन तिम्रै याद आउँछ, म त परदेशमा एक्लै’ बोलको गीत सार्वजनिक भएको छ ।

सुगम संगीतमा आधारित यो गीतलाई शक्ति श्रेष्ठको सहयोगमा निर्माण गरिएको हो । गीतमा स्वर सुवेदी र बान्की प्रधानको रहेको छ । शब्द र संगीत सुवेदीकै हुन् ।

यो गीतमा दिलीप रायमाझी, रचना लामा, डिम्पल भट्टराई, रुडी शर्मासहितका कलाकारले अभिनय गरेका छन । म्युजिक भिडियोको छायांकन अमेरिका र नेपालमा गरिएको हो ।

कामको सिलसिलामा परदेशमा संघर्षरत नेपाली परिवारहरूको शब्दमा रहेको गीतलाई गायक सुवेदीले मिहिनेत गरेर बनाएका छन् ।