एजेन्सी । अमेरिका र चीनबीचको सम्बन्धमा दुरी बढ्दै गएको छ । चीनले यदि अमेरिका दक्षिण चीनमा घुस्न रोक्ने हो भने अमेरिकाले ठूलो युद्धको सामना गर्नुपर्ने हुन सक्ने बताएको छ ।
ट्रम्प प्रशासनमा विदेश मन्त्री पदका लागि नामित रेक्स टिलरसनको रणनीतिको जवाबमा यस्तो प्रतिक्रिया आएको हो । टिलरसनले विहीबार सेनेटको विदेशी सम्बन्धसंग जोडिएको कमिटी समक्ष आफ्नो रणनीति पेश गरेका थिए ।
यसको जवाफमा शुक्रवार चीनका सरकारी अखबार ‘ग्लोबल टाइम्स’ मा संपादकीय छापिएको छ । जसमा लेखिएको छ, ‘यदि अमेरिका दक्षिण चीन सी मा चीनलाई आउन रोक्न सक्छ भने उसले ठूलोस्तरको लड्नुपर्छ ।
सम्पादकीयका अनुसार टिलरसन चीन विरुद्ध रबैया दिखाएर सिनेटरलाई आफ्नो पक्षमा पार्न कोशिश गरिरहेका छन् ।












प्रतिक्रिया