– सन्तोष यादब
सिरहा, २९ पुस । सिरहाको गोलबजारमा भोली माघे संक्रान्तिको अवसरमा साँस्कृतिक कन्सर्टको आयोजना हुन लागेको छ । आयोजक ग्लोबल कलेज अफ म्यानेजमेन्टका हरिश जयसवालले आज लहानमा पत्रकार सम्मेलन गरी साँस्कृतिक कन्सर्टबारे जानकारी गराए ।
साँस्कृतिक कार्यक्रममा कान्तिपुर टिभीमा लोकप्रिय कार्यक्रम ह्वाट्स द फ्लपका संचालक संदिप क्षेत्री, थोरै समयमा ख्याती कमाएका पप गायक कमल खत्री, अभिनेत्री रिमा विश्वकर्मा, गायक डम्बर नेपाली लगायतका कलाकारले धुम मचाउने छन् । साथै मिस्ट्र डान्स ग्रुस विराटनगरको ३० जना अन्य कलाकारको पनि सहभागीता रहनेछ ।
भोली विहान ६ बजेदेखि शैक्षिक मेला र मध्यान्ह १२ बजेदेखि साँझ ६ बजेसम्म साँस्कृतिक कन्सर्ट कार्यक्रम हुने आयोजकले जनाएको छ । ग्लोबल कलेज अफ म्यानेजमेन्ट, सर्बएजुकेश्नल एकेडमी, सर्व पेयिङ होम लगायतका संस्थाको संयुक्त आयोजनामा कन्सर्ट हुनेछ ।
















प्रतिक्रिया