५ मंसिर २०८३, शनिबार

मध्यरातमा भएको न्यायाधीश नियुक्तिमा राप्रपाको आपत्ति, निर्णय पुनर्विचार गर्न माग

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौं, २९ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले उच्च अदालतमा न्यायधीश नियुक्ति गर्दा भएको भागबण्डाको विरोध गरेको छ ।

पार्टीले शुक्रबार अपराह्न विज्ञप्ति जारी गर्दै मध्यरातमा भएको न्यायाधीश नियुक्ति प्रक्रियाको विरोध गरेको हो ।

‘स्वतन्त्र, स्वच्छ र निष्पक्ष हुनुपर्ने न्यायालयमा पार्टीको भागवण्डाको आधारमा भएको उच्च अदालतका न्यायाधीश नियुक्ति प्रकरणको राष्ट्रिय प्रजातन्त्र पार्टी घोर आपत्ति प्रकट गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

राजनैतिक पार्टीको भागवण्डामा हुने यस्ता नियुक्तिले विधिको शासन, न्यायिक सर्वोच्चता र नागरिक स्वतन्त्रतामा आँच आउने उल्लेख गरेको छ ।

यो कार्यले लोकतन्त्रको आधारभूत मान्यताको उपहास एवं उल्लंघन हुने राप्रपाले ठहर गरेको छ । यो निर्णयमा पुनर्विचार गर्न विज्ञप्तिमार्फत माग समेत गरिएको छ ।