२ कार्तिक २०८३, सोमबार

‘छक्का पञ्जा’ पाइरेसी गर्ने युवाले सुसाइड नोट लेखेर गरे आत्महत्या, के छ सुसाइड नोटमा ?

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । चलचित्र छक्का पञ्जाको पाइरेसी गरेको आरोप लागेका एक युवकले आत्महत्या गरेका छन् ।

चितवन घर भई हाल काठमाडौं महानगरपालिका ९ विजयचोकमा भाडामा बस्ने २५ वर्षीय कृष्ण सुवेदीले विहीबार साँझ आफ्नै कोठामा आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

उनले सुसाइड नोट नै लेखेर आत्महत्या गरेको महानगरीय प्रहरीको अपराध शाखाले पुष्टि गरेको छ । सुसाइड नोटमा उनले आफ्नो मृत्युमा कसैलाई आरोप नलगाउन अनुरोध समेत गरेको प्रहरीले जनाएको छ । प्रहरीको मुचुल्का पछि उनको शव परिवारको जिम्मा लगाइएको छ ।

चलचित्र पाइरेसीबारे अनुसन्धानका क्रममा महानगरीय प्रहरीको अपराध महाशाखाले उनीसहित चार जनालाई सोधपुछ गरेको थियो । सुवेदीलाई चलचित्र पाइरेसीको आरोप लागेको छ । प्रहरीले उनीहरुलाई सोधपुछ गरेर छोडेपनि फेसबुकमा चलचित्र भाइरल बनेपछि उनले आत्महत्या गरेको खुलेको छ ।