एजेन्सी । आईफोन जस्तै देखिने एक पेस्तोलका कारण यूरोपका प्रहरी चकित परेका छन् ।
समाचार एजेन्सी पीटीआईले जनाएअनुसार त्यहाँका प्रहरी अधिकारीलाई अमेरिकाका यस्तो खालको पेस्तोलको विक्री वितरण सुरु हुँदैछ भन्ने खबर पाएसंगै समस्या भएको थियो ।
पेस्तोलको आकार ९ मिलीमीटर छ, जसलाई सजिलै लुकाउन सकिन्छ । आइफोन जस्तै लाग्ने यो पेस्तोलमा एक बटन थिच्ने वित्तिकै हतियार जस्तो बन्ने गर्छ ।
इवनिङ्ग स्टेन्डर्ड नामको एक अखबारका अनुसार यो हतियार अमेरिकामा लञ्च हुने वित्तिकै आपराधिक तत्वले यूरोमा ल्याउने कोशिस गर्ने छ । पेस्तोलको मूल्य ३३ हजार छ । अर्थात यो एक आईफोन भन्दा पनि कम मूल्यमा पाइन्छ । मुलुकमा भएको पहिलो हमलाबाट चिन्तित बनेको बेल्जियम प्रहरीलाई यसबारेमा सूचना पनि दिइसकेको छ । बेल्जियन प्रहरीलाई यो पेस्तोललाई आईफोन भन्दा फरक देख्न सजिलो छैन ।
पेस्तोल बनाउने कम्पनीले जनाएअनुसार स्मार्टफोन सबै ठाउँमा छ, यसकारण तपाईको पेस्तोल पनि सजिलै त्यस्तै देखिने छ । जब यो बन्द हुन्छ तब यसलाई प्रयोगमा ल्याउन भने गाह्रो हुनेछ । पेस्तोलको बिक्री वितरण अमेरिकामा आउँदो हप्तादेखि सुरु हुनेछ ।












प्रतिक्रिया