३ कार्तिक २०८३, मंगलबार

डा.महत र कतारका अमिरबीच नेपाली श्रमिकको सेवा, सुविधा र सुरक्षाबारे परामर्श

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कतार,२८ पुस । परराष्ट्रमन्त्री डा प्रकाश शरण महतले कतारका अमिर, विदेश र श्रम मन्त्रीसँग भेटवार्ता गरेका छन् ।

सो भेटवार्ताका क्रममा डा.महतले कतारमा रहेका साढे तीन लाखभन्दा धेरैको संख्यामा रहेका नेपाली श्रमिकहरूको सेवा, सुविधा र सुरक्षाका बारेमा कुरा उठाएका छन् ।

डा महतले वार्ताका क्रममा नेपाली श्रमिकको सेवा सुविधाका लागि कतार सरकार गम्भीर रहेको भन्दै स्थानीय तहमा देखिने समस्या साधानका लागि आग्रह गरेका छन् ।

‘सुरक्षित आवास गृहको स्थापना, मजदुरले पाउनुपर्ने सुविधा नपाई कानूनी समस्या झेल्नुपरेको अवस्थामा अदालतसम्म पुग्दा झन्झटिलो हुने, श्रम मन्त्रालयअन्तर्गत नै एक संयन्त्र स्थापना गरी त्यहीँबाट समस्या समाधान गर्नुपर्ने’, जस्ता विषयमा कुराकानी भएको उनले बताए ।

नेपालमा एक पोलिटेक्निकको स्थापना गरी दक्ष जनशक्ति स्थापनाका लागि लगानी गर्ने तथा नेपालको हस्पिटालिटी, पर्यटन, हाइड्रोपावर र टेलिकममा कतारले लगानी गर्ने विषयमा समेत कुराकानी र समझदारीहरु भएको मन्त्री महतले बताए ।