२ कार्तिक २०८३, सोमबार

शाहरुखसँग भिडन्त पक्का भएपछि भावुक हुँदै ऋतिकले के भने ?

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । बलिउडका बादशाह शाहरुख खानसँग जनवरी २५ मा भिडन्त पक्का भएपछि अभिनेता ऋतिक रोशन तनावमा छन् ।

वास्तवमा शाहरुखको फिल्म ‘रईस’ र ऋतिकको फिल्म ‘काबिल’ जनवरी २५ मा एकैदिन भिड्न लागेका हुन् । यसअघि सलमान खानको सुल्तानसँग भिड्ने फिक्स भएको रईस पछि हट्दै ऋतिकको काबिलको डेटसम्म आइपुगेको हो ।

यो टकरावमा निर्माता एवं ऋतिकका पिता राकेश रोशन भने निकै असन्तुष्ट छन् । उनको मान्यता छ कि यो गलत मात्रै होइन अनप्रोफेसनल कदम पनि हो र कारोबारका लागि यो ठिक होइन् ।

यता काबिल फिल्मका हिरो ऋतिक रोशन भने भिडन्तभन्दा पनि दोस्तीलाई प्राथमिकता दिन्छन् । आफ्नो ४३ औं जन्मदिन मनाइरहेका ऋतिक भन्छन् टकराव त अब टाल्न सकिदैन् भिड्नैपर्छ । तर, फिल्मको कारोबारभन्दा माथि दोस्तीको सम्बन्धलाई प्राथमिता दिँदै ऋतिकले अगाडि भनेका छन्– ‘फिल्मको टकराव चल्नेछ तर दोस्तीमा टकराव हुनु हुँदैन् ।’

ऋतिक यी दिनहरुमा दुई ठूला फिल्मको भिडन्तको प्रतिक्षा हतारिएर गरिरहेका छन् ।