३ कार्तिक २०८३, मंगलबार

विश्वमै असुरक्षित र खराब विमानको सूचीमा नेपाल एयरलाइन्स

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ पुस । नेपाल बायु सेवा निगम (नेपाल एयरलाइन्स) विश्वकै असुरक्षित र खराब विमानको सूचीमा परेको छ ।

विश्वका विमानको लेखाजोखा राख्दै र सर्वेक्षण गर्दै आएको एयरलाइन्सरेटिङ कम्पनीले नेपाल एयरलाइन्सलाई विश्वका असुरक्षित र खराब विमानको सूचीमा राखेको हो ।

विश्वका ४२५ वटा एयरलाइन्सहरुमध्ये सबैभन्दा खराबको सुचीमा १० वटा एयरलाइन्सलाई राखिएको छ । जसमा नेपाल लगायत इन्डोनेशिया, अफगानिस्तान र सुरिनामका विमानहरु रहेका छन् । यी देशका विमानहरुले ७ स्टारमा जम्मा एकस्टार प्राप्त गरेका छन् ।

सर्वेक्षणमा विश्वका २० वटा विमानहरुलाई सबैभन्दा सुरक्षित र राम्रा विमानको सुचीमा राखिएको छ । विश्वका २० वटा सुरक्षित र राम्रा विमानको सुचीमा एयर न्युजिल्याण्ड, अलास्का एयरलाइन्स, अल निपोन एयरवेज, ब्रिटिस एयरवेज, क्याथे प्यासेफिक एयरवेज, डेल्टा, इतिहाट, इभीए एयर, फिनएयर, हवाइयनएयर, जापान एयरलाइन्स, केएलएम, लुफथान्सा, स्क्यान्डिनाभियन, सिंगापुर एयरलाइन्स, स्वीस, युनाइटेड एयरलाइन्स, भर्जिन एटलान्टिक र भर्जिन अष्ट्रेलिया रहेका छन् ।