४ मंसिर २०८३, शुक्रबार

रोजगारीको प्रलोभनमा विदेशिने सयौं चेलीको कृष्णानगरबाट उद्धार

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– सीताराम चौधरी

कृष्णनगर, २६ पुस । राम्रो जागिर पाउने आशामा भारतका विभिन्न स्थान जान भनी घरबाट हिँडेका सयौँ चेलीको शान्ति पुनस्र्थापना गृह (पीआरसी) कृष्णनगरले उद्धार गरेको छ ।

धनको प्रलोभनमा परी भारतका विभिन्न ठाउँमा बेचिएका चेलीहरुको उद्धार गरेको छ । यस्तै भारत प्रवेश गर्दै गर्दा सीमाक्षेत्रबाट सोधपुछ गरी घरपरिवारको जिम्मा लगाएको कार्यक्रम संयोजक भूमिराज भट्टराईले जानकारी दिए । सन् २०१६ को जनवरीदेखि डिसेम्बरसम्म पीआरसीले भारत तथा सीमाक्षेत्रबाट १सय ९ युवतीको उद्धार गरेको छ । जसमध्ये भारतबाट मात्र १२ युवतीको उद्धार गरेको कार्यक्रम संयोजक भट्टराईले बताए ।

संस्थाले एकवर्षभित्र २ हजार ७ सय ४४ जनालाई परामर्श दिएको छ । जसमा अविवाहित मात्र ५८ जनालाई घरपरिवारको जिम्मा, ३९ जनालाई प्रहरीमार्फत परिवारलाई जिम्मा र १२ जनालाई आफ्नै संस्थामा पुनस्र्थापन गरेको संयोजक भट्टराईले जानकारी दिए । संस्थाले चेलीबेटी बेचविखनमा संलग्न १३ विचौलियालाई मानव बेचविखन विरुद्ध प्रहरीमा उजुरी दर्ता गराई कारवाही प्रक्रिया अघि बढेको संयोजक भट्टराईले बताए ।

यसैगरी संस्थाले सन् २०१६ मा ३सय १६ बालबालिकालाई उद्धार गरेको जनाएको छ । जसमा बुवा गुमाएका बालबालिका १सय ९२ जना, आमा गुमाएका ८५ जना र बुवाआमा दुवै गुमाएका ३९ बालबालिकालाई भारतका विभिन्न स्थानबाट उद्धार गरिएको संयोजक भट्टराईले बताए ।

उद्धार गरिएका अधिकांश बालबालिका तथा किशोरीहरुलाई परिवारको जिम्मा लगाएको र १२ किशोरीलाई पुनस्र्थापना केन्द्रमा राखी सीपमूलक कार्यक्रममा लगाएको उनले बताए । नेपाल–भारतको सीमाक्षेत्र कृष्णनगरमा रहेर अहिले पीआरसीले मानव बेचविखनका घटना रोकथाममा ठूलो भूमिका खेल्दै आएको छ । यसरी हेर्दा अहिले पीआरसी बेचबिखनमा परेका पीडित किशोरीहरुको सहारा बनेको पाइन्छ ।