४ मंसिर २०८३, शुक्रबार

भारतीय राजदूत रायलाई सिरहामा अहिलेसम्मकै ठूलो अभिनन्दन

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– सन्तोष यादब

सिरहा, २६ पुस । नेपाली कांग्रेसका नेता तथा सांसद अमरेश सिंहको आग्रहमा उद्योगी तथा नेपाल गैरआवाशीय संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोलाई नेपालका लागि भारतीय राजदूत रञ्जित रायले एम्बुलेन्स दिने प्रतिवद्धता जनाएका छन् ।

सिरहाको कर्जन्हामा संचालित फूलकुमारी महतो मेमोरियल अस्पतालमा ‘आमा तथा बच्चा विशेषज्ञ स्वास्थ्य उपचार’को सोमबार उद्घाटन गर्दै भारतीय राजदूत रायले यस्तो प्रतिवद्धता जनाए । राजदूत राय बोल्नअघि नेता सिंह बोलेका थिए । डा. महतोले आफ्नो जन्मथलोमा सुविधा सम्पन्न अस्पताल सञ्चालन गरेर प्रसंसनीय काम गरेको बताउँदै राजदूत रायसँग उक्त अस्पताललाई सहयोग गर्न आग्रह गरेका थिए ।

राजदूत राय मेरो मित्र : अमरेश

नेता सिंहले सम्बोधनका क्रममा राजदूत राय आफ्नो धेरै नजिकको मित्र रहेको बताए । उनले आफ्नो गृहजिल्लामा पनि यहाँको जस्तै सुविधासम्पन्न अस्पताल सञ्चालन गर्न डा. महतोका परिवारसँग आग्रह गरे । उनले भने, ‘अस्पतालका लागि हामी जग्गा उपलब्ध गराउँछौं ।’

कांग्रेस नेता सिंहले मधेस विकासमा पछाडि परेको भन्दै चिन्ता व्यक्त गरे । उनले भने, ‘मधेसको हुलाकी राजमार्गको निर्माण भएको भए आज मधेस विकासमा अगाडि हुने थियो । तर पहाडी शासकका कारण मधेस विकासमा पछाडि परियो ।’ सिरहा, सप्तरी, धनुषा महोत्तरीभन्दा पनि पहाडी जिल्ला हुम्ला, जुम्ला विकासमा अगाडि रहेको उनको भनाई थियो ।

राजदूत रायले जनाए अस्पताललाई एम्बुलेन्स दिने प्रतिवद्धता

कार्यक्रमका प्रमुख अतिथि रहेका राजदुत रायले आफ्नो जन्मथलोमा सुविधासम्पन्न अस्प्ताल सञ्चालनमा ल्याएको भन्दै डा. महतोको खुलेर प्रसंशा गरे । उनले भारतले जनवरी २६ तारिखको दिन मनाउँदै आएको संविधान दिवसको अवसरमा यस अस्पताललाई एउटा एम्बुलेन्स प्रदान गर्ने प्रतिवद्धता जनाए । उनले अस्पतालले अन्य उपकरण तथा सामग्रीका लागि प्रपोजल पेश गरे सो बमोजिम सहयोग गर्ने पनि बताए ।

राजदूत रायले मधेस र भारतबीच सदियौंदेखिको विशेष नाता रहेकोव बताउँदै कहिल्यै र कसैले पनि तोड्न नक्ने बताए । उनले मधेसको विकासका लागि हुलाकी राजमार्ग निर्माणका काम अगाडि बढिसकेको बताए । उनले भने, ‘अब हुलाकी राजमार्ग चाँडै निर्माण हुन्छ । साथै मधेस विकासका लागि पनि विशेष बजेटको व्यवस्था मिलाउने प्रयास गर्छु ।’

अब गाउँमै नवजात शिशुहरुको सघन उपचार

व्यवसायी डा. उपेन्द्र महतोले आमाको नामबाट स्थापना गरेको फूलकुमारी महतो मेमोरियल अस्पतालमा एक हप्ता भित्रै सुविधासम्पन्न एनआइसियू सेवा शुरु गर्ने घोषणा गरे । उनले सिरहा र अन्य छिमेकी जिल्लाहरुमा सुविधासम्पन्न नवजात शिशुहरुको सघन उपचार सेवाको अभाव रहेकोले एनआइसियू सेवा सुरु गर्न लागेको जानकारी गराए ।

उनले एनआइसियू सेवा सुरु गर्नका लागि आवश्यक पर्ने भौतिक पूर्वाधार, उपकरण र औजारहरुको व्यवस्था गरिसकेको पनि बताए । अस्पतालमा सुविधासम्पन्न एनआइसियू सेवा सुरु गर्न नर्सिङ जनशक्तिहरुलाई आवश्यक तालीमका लागि वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पाएको उनले थपे ।

राजदूत रायलाई अभिनन्दन

भारतीय राजदूत रायलाई व्यवसायी डा. महतोबासीले अभिनन्दन गरे । कार्यक्रम स्थल अस्पताल नपुग्दै सडकमा लाइन लागेर पुरुष तथा महिलाहरु उभिएका थिए । राजूदत रायसँगै नेता सिंह पुगेपछि स्थानीयले फूलमालाले भव्य स्वागत तथा अभिनन्दन गरे । अस्पताल पुगेपछि उधोगपति डा. महतोकी स्वीर्गिय आमा फूलकुमारी महतोको शालिकमा माल्र्यापण गरेका थिए । उनले अस्पतालको माथिल्लो तल्लामा रिबन काटेर ‘आमा तथा बच्चा विशेषज्ञ स्वास्थ्य उपचार’ सेवाको उद्घाटन गरे । त्यसपछि कार्यक्रम स्थलमा पुगेपछि अस्पतालको तर्फबाट डा. महतो, उनका श्रीमती समता महतो र उनका भाई सांसद डा.वीरेन्द्र महतोले संयुक्त रुपमा राजदूत रायलाई मिथिला पेन्टिङ प्रदान गरेका थिए ।