विराटनगर, २५ पुस । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मधेसवादी दलको प्रतिकार गर्न निर्देशन दिएका छन् ।
मधेसी नेताले कहिले ‘एमालेलाई मधेसबाट व्याण्डबाजासहित विदा गर्ने त कहिले मधेसमा एमालेको पत्तासाफ गर्ने । यति मात्रै होइन् एमालेलाई मधेसमुक्त बनाउने भन्दै आएका बेला मधेसवादी दलका कार्यकर्ताले कार्यक्रममा अवरोध गर्न खाजेर निषेधको राजनीति गर्न थालेपछि ओलीले अब सैह्य नहुने चेतावनी दिएका हुन् ।
विराटनगरमा आज नेकपा एमाले मोरङको ८ औं जिल्ला अधिवेशन उद्धघाटन गर्दै अध्यक्ष ओलीले एमाले कार्यकर्तामाथि जाई लागेमा दम दबाएर नभागी प्रतिकार गर्न निर्देशन दिए ।
मधेशी दलहरुलाई थान्कामा रहेर कुरा गर्न सुझाव दिदै ओलीले आफ्नो हैसियत अनुसार बस्न चेतावनी दिए । नेकपा एमाले अहिले देशको पहिलो शक्तिको रुपमा रहेको चर्चा गर्दै उहाँले एमालेसँग कुनैपनि दलको तुलना हुन नसक्ने बताए ।
विकास र समृद्धिको नारा संगसंगै लैजान आग्रह
ओलीले मधेशमा विकास र समृद्धिको नारा लिएर जान कार्यकर्तालाई आग्रह गरे । उनले एमालेको नेतृत्वमा भएको सरकारको पालामा हुलाकी राजमार्गमा चार अर्बभन्दा बढी बजेट छुट्टयाइएको, मधेशका सदरमुकाम जोड्ने सडक निर्माणमा प्राथमिकता दिएको, मधेशमा स्मार्ट सिटी बनाउने योजना ल्याइएकोले यी विकासका नारा लिएर जनता माझ पुग्नुपर्ने बताए ।
मधेशी नेताहरुले मधेशमा विकास गर्न नचाहेको उल्लेख गर्दै ओलीले कटाक्ष गरे– ‘मधेशको विकासको कुरा ग-यो भने उहाँहरु भाग्नुहुन्छ, किनकी विकास हुँदा जनता धनी हुन्छन्, र हाम्रो जमिनदारी सकिन्छ ।’












प्रतिक्रिया