४ मंसिर २०८३, शुक्रबार

लोकमानलाई कालोमोसो दल्ने दुई युवालाई सर्वोच्च अदालतद्धारा १ महिना कैद फैसला

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २५ पुस । सर्वाेच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निर्वतमान प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई कालोमोसो दल्ने दुई जनामाथि १ महिना कैद फैसला सुनाएको छ ।

सर्वाेच्चका न्यायाधीश आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको सोमबारको संयुक्त इजलासले लोकमानलाई कालोमासो दल्नेलाई कैद फैसला सुनाएको हो ।

सर्वाेच्चमा अदालतमा म्याद तामेली गर्न गएका लोकमानलाई अखिल क्रान्तिकारीका केन्द्रीय सदस्यद्वय प्रकाश शाही र चन्द्रप्रकाश बुढाले पुस ८ गते कालोमोसो दलेका थिए ।

लोकमानले ती दुबैलाई छोडिदिन आग्रह गरेपनि अदालतले दण्डित गर्ने निर्णय गरेको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले दुबैजनालाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएपछि प्रहरीले कारवाही अगाडि बढाउदै मुद्दा दायर गरेको थियो ।