पाँचथर, २५ पुस । आठौं फाल्गुनन्द गोल्डकप प्रतियोगिता झापा यूनाइटेडको पोल्टामा परेको छ ।
डिफेन्डिङ च्याम्पियन कर्णसिं सोनाम ताप्लेजूङलाई २–१ गोल अन्तरले हराउँदै झापाले उपाधि उचालेको हो । प्रतियोगिता पुस १५ देखि शुरु भएको थियो ।
फिदिम उमाविको खेल मैदानमा भएको फाइनलमा बिर्ता यूनाईटेडका लागि दोस्रो हाफको २६औं मिनटमा योगेश गुरुङले गोल गरेका थिए । खेलको अन्तिम मिनटमा कर्णसिं सोनामका रजिन धिमालले फ्रि किकको सदुपयोग गर्दै अग्रता भङ्ग गरे । खेलको निधारित समय १–१ को बराबरीमा सकिएको थियो ।
अतिरिक्त समयमा बिर्ता यूनाइटेडका बुद्ध चेम्जोङले चौथो मिनटमा गोल गरे । बुद्धको गोलनै बिर्ता झापाका लागि उपलब्धिपूर्ण रह्यो ।
उपाधिसहित बिर्ता यूनाइटेडले ट्रफिसहित नगद दुई लाख ५० हजार पाएको छ । उपबिजेताले नगद एक लाख ५० हजारमा चित्त बुझाएको छ ।
















प्रतिक्रिया