काठमाडौं, २४ पुस । एनएमबी बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १९ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ । साथै कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।
नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आइतबार पवनकुमार गोल्याणको अध्यक्षतामा सम्पन्न एनएमबि बैंकको २१ औँ वार्षिक साधारण सभाले लाभांश पारित गरेको हो ।
अन्तर्राष्ट्रिय साझेदार एफएमओको २० प्रतिशत स्वामित्व रहेको यस बैंकको बोनस सेयर वितरणपश्चात चुक्ता पुँजी ६ अर्ब ४६ करोड पुग्नेछ । हाल बैंकले ७२ शाखा, ७ एक्स्टेन्सन काउन्टर तथा ५७ एटिएम मार्फत सेवा प्रदान गर्दै आएको छ ।















प्रतिक्रिया