२८ आश्विन २०८३, बुधबार

भारतविरुद्ध चीनले यसरी लियो बदला

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ पुस । भारतको बिहार बोधगयामा धर्मगुरु दलाई लामाको कालचक्र कार्यक्रममा भाग लिन विभिन्न देश भएर आएका तिब्बतीहरुले बोधगया नपुग्दै फर्किनु परेको छ ।

चीनले विभिन्न ठाउँबाट आएका तिब्बतीयनहरुलाई संगठित हुन रोक्नका लागि चाल खेलेपछि श्रद्धालुहरुले फर्किन परेको हो ।

चीनले ३ जनवरीसम्म फिर्ता हुनुपर्ने उर्दी गरेको थियो । तिब्बती नागरिकमाथि कडाई गरेपछि भारत पुगेका करिब सात हजार तिब्बतीयन फिर्ता भएको समाचार छ ।

तिब्बतका आध्यात्मिक नेता दलाई लामाले बोधगयाको कालचक्र कार्यक्रममा प्रवचन दिने कार्यक्रम छ । आयोजकका अनुसार चीनको दबावका कारण तिब्बतबाट आएका नागरिकले फिर्ता जानु परेको हो ।

चीनले तिब्बतबाट भारत आउने श्रद्धालुमाथि ३ जनवरीसम्म फिर्ता नभएपछि पासपोर्ट र अन्य दस्तावेज रद्ध गर्ने चेतावनी दिएको थियो । यति मात्रै नभई नेपालको बाटो भई भारत जाने श्रद्धालुमाथि पनि कडा निगरानी गर्यो । यस कारण भारतबाट करीब ७ हजार बौद्ध श्रद्धालु तिब्बत फिर्ता भएका छन् ।

भारतले फ्रि तिब्बत गतिविधिमा लागेका धर्मगुरु दलाई लामालाई शरण दिएर निहुँ खोजेपछि चीनले यस्तो कदम चालेको बताइएको छ ।