३ कार्तिक २०८३, मंगलबार

नेपाल बङ्गलादेश बैंकको ४० औं शाखा चितवनको खैरहनीमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ पुस । नेपाल बङ्गलादेश बैंक लिमिटेडले शाखा बिस्तारको क्रममा चितवन जिल्लाको खैरहनी न.पा.वडा नं. ८ पर्सा बजारमा आफ्नो ४० औं शाखा संचालनमा ल्याएको छ ।

उक्त शाखाको औपचारिक समुद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाको उपस्थितिमा तथा खैरहनी उद्योग वाणिज्य महासंघका अध्यक्ष गुणराज श्रेष्ठको सभापतित्वमा बैंकका संचालक अरुण श्रेष्ठ तथा गडिमाई ब्यारेकका सशस्त्र प्रहरी बलका प्रहरी उपरिक्षक शान्ती कुमार कार्कीद्धारा आइतबार संयुक्त रुपमा गरियो ।

सोहि अवसरका बैंकको एटीएमको समुद्घाटन मध्यमाञ्चल क्षेत्रिय उद्योग वाणिज्य महासंघका अध्यक्ष अरुणराज सुमार्गी तथा बैंकका संचालक मुकुन्दनाथ ढुङ्गेलद्धारा संयुक्त रुपमा गरिएको थियो ।

साथै कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत ढुंगानाले बैंकका सेवाहरुको बारेमा आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो । खैरहनी शाखा सहित बैंकले ४० शाखा, २ एक्सटेन्सन काउन्टर, ७ शाखारहित घरदैलो बंैकिङ्ग सेवा तथा ३८ वटा एटीएमबाट बैंकिङ्ग सुविधा दिंदै आएको कुरा पनि जानकारी गराएको छ ।

बैंक को आ.व. २०७३–७४ को पहिलो त्रैमासिक वित्तिय विवरण अनुसार कुल निक्षेप ३९.६० अर्ब, कुल कर्जा ३४.२७ अर्ब रहेको छ । साथै सोहि अवधीमा बैंकको खुद नाफा रु.२२.५० करोड रहेको छ ।