मेलम्ची, २७ भदौ । नेपाल सरकारले मेलम्ची नगर विकास समितिको अध्यक्षमा प्रकाश श्रेष्ठलाई नियुक्त गरेको छ ।
नेपाली काँग्रेस क्षेत्रीय कार्यसमितिका कोषाध्यक्ष तथा मेलम्चीबजार व्यवस्था समितिका अध्यक्षसमेत रहनुभएका श्रेष्ठलाई मन्त्रीस्तरको निर्णयबाट सो पदमा नियुक्त गरिएको हो ।
पछिल्लो केही वर्षयता तीव्र सहरीकरण बढेको मेलम्ची क्षेत्रलाई व्यवस्थित सहरको रुपमा विकास गर्न नगर विकास समिति महत्वपूर्ण संरचनागत आधार हुने नवनियुक्त अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
समितिले छिट्टै आफ्नो कार्यालय स्थापना गरी मेलम्ची क्षेत्रमा दीर्घकालीन नगर विकासका योजना बनाउने लक्ष्य लिएको छ ।
मेलम्ची वरिपरिका सात गाविसलाई मिलाएर मेलम्ची नगरपालिका घोषणा गर्न स्थानीय विकास मन्त्रालयले मन्त्रिपरिषद्मा सिफारिस गरिसकेको छ । रासस















प्रतिक्रिया