काठमाडौं, २४ पुस । सभामुख ओनसरी घर्तीले संसदको गतिरोध अन्त्यका लागि दबब दिन पुनः आज पनि प्रमुख दलका शीर्ष नेताहरूलाई दबाब दिने भएकी छिन् ।
संसद बैठक बस्नुअघि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष केपी ओलीसँग सदनमा देखिएको गतिरोध अन्त्यका लागि दबाब दिने छिन् ।
एमालेका मुख्य सचेतक भानुभक्त ढकालले संसद बैठक बस्नुअघि प्रमुख दलका शीर्ष नेताहरूसँग संशोधन विधेयकका कारण देखिएको गतिरोध अन्त्य गर्ने विषयमा छलफल गर्न लागेको जानकारी दिए ।
‘सभामुखले नबोलाउँदासम्म शीर्ष नेताहरूको बैठक बस्ने अवस्था नै रहेन’, ढकालले भने, ‘छलफल हुँदैछ । हेरौँ के हुन्छ ।’












प्रतिक्रिया