काठमाडौं, २४ पुस । प्रमुख प्रतिपक्षी एमालेसहितका ९ विपक्षी दलले आज बस्ने संसद बैठकमा अवरोध गर्ने निर्णय गरेका छन् ।
सिंहदरबारमा भर्खरै सम्पन्न ९ दलको बैठकले सर्वोच्च अदालतको फैसलापछि संशोधन प्रस्ताव अगाडि बढाउन नमिल्ने निष्कर्ष निकाल्दै जबरजस्ती अगाडि बढाइए बैठकमा अवरोध गर्ने निर्णय गरेको हो ।
बैठकले सर्वाेच्चको आदेशपछि संशोधन विधेयक असंवैधानिक रहेको प्रमाणित भइसकेको भन्दै सरकारसँग नैतिकता भए फिर्ता लिनुबाहेक अन्य विकल्प नरहेको ठहर पनि गरेको छ ।
यसअघि शनिबार साँझ बसेको एमाले स्थायी समिति बैठकले पनि सरकारले संशोधन विधेयक जबरजस्ती अगाडि बढाए प्रतिवाद गर्ने निर्णय गरेको थियो ।












प्रतिक्रिया