काठमाडौं, २४ पुस । एमालेसहितका विपक्षी दलहरूका कारण अबरुद्ध हुँदै आएको संसदको बैठक आजका लागि बोलाइएको छ ।
नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा दिउँसो एक बजे बस्ने बैठकमा संविधान संशोधनको दोस्रो विधेयक र निर्वाचनसम्बन्धी केही विधेयक पेश गर्ने कार्यसूची रहेको स्रोतले जनाएको छ ।
उता, एमालेसहितका ९ विपक्षी दलहरूले संशोधनको प्रस्ताव अदालतको आदेश विपरित सदनमा पेश गर्ने कार्यसूची रहेमा अबरोध गर्ने चेतावनी यसअघि दिइसकेका छन् ।
सरकारले भने आजको बैठकमा जसरी पनि संशोधन प्रस्तावलाई टेबुल गर्ने पक्षमा देखिएको छ । एमालेको समर्थनमा संशोधन विधेयक पारित गर्ने इच्छा राखेको छ । तर एमालेले संशोधन विधेयकमा समर्थन नगर्ने पटक पटक जनाइ सकेको छ ।











प्रतिक्रिया