२ कार्तिक २०८३, सोमबार

मैकडोनल्डको संस्थापकको जीवनीमा फिल्म, जनवरी २० मा रिलिज हुँदै

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लसएञ्जलस । लोकप्रिय ‘फास्ट फूड’ रेष्टुरेन्ट मैकडोनल्डका संस्थापक रे क्रोकको जीवनीमा बनेको हलिउड फिल्म ‘द फाउन्डर’ रिलिजको तयारीमा छ ।

२० जनवरीमा विश्वभरि ‘द फाउन्डर’ रिलिजको तयारीमा छ । जोन ली हैंकोक निर्देशित तथा रोबर्ट सीगलद्वारा लिखित यो फिल्ममा माइकल कीटनले क्रोकका भूमिकामा देखिने छन् ।

‘द फाउन्डर’मा क्रोकको असल जीवनका दृश्यहरू देखाइएको छ । पीवीआर पिक्चर्सद्वारा जारी गरिएको विज्ञप्तिअनुसार क्रोकले सान बर्नार्डिनो हैम्बर्गरलाई मैकडोनल्डमा स्थापना गरेर विश्वभरि ३५०० स्थानमा पुगाएका छन् ।

कीटनले भनेका छन्, ‘यो फिल्मभन्दा पहिला मलाई केवल यति थाहा थियो । क्रोक नाम गरेको कुनै पनि व्यक्ति छैन । तर अब कसैले मलाई सोध्यो भने भन्न सक्छु । ती मैकडोनल्डको शुरुआत गरेका थिए । ९० प्रतिशत व्यक्तिलाई यस विषयमा थाहा छैन ।’

‘द फाउन्डर’मा अभिनेत्री लोरा डर्नलाई क्रोकको पत्नीका रुपमा देखाइएको छ । मैकडोनल्डका विषयमा यो फिल्मबाट धेरै कुरा थाहा पाउन सकिनेछ । – एजेन्सी