२ कार्तिक २०८३, सोमबार

ओम पुरीको मृत्युको कारण किन खोज्न थाल्यो प्रहरीले ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । बलिउडका वरिष्ठ अभिनेता ओम पुरीको मृत्यु हृदयघातका वा अन्य कुनै कारणले भएको हो भनेर प्रहरीले अनुसन्धान शुरु गरेको छ ।

ओम पुरीको मृत्युको पछाडि कुनै कारण लुकेको त छैन भनेर प्रहरीले अनुसन्धान थालेको हो । चर्चित अभिनेता ओम पुरी शुक्रवार आफ्नो घरमा मृत फेला परेका थिए । ओम पुरीको टाउकोमा चोटका दाग देखिएको थियो । उनको हत्या भएको हुन सक्ने भन्दै प्रश्नहरू उब्जिएपछि प्रहरीले परिवारजनको प्रारम्भीक रिपोर्टका आधारमा अनुसन्धान थालेको हो ।

ओम पुरीसँग काम गर्ने व्यक्तिहरूले उनी केही समयदेखि अलिक चिन्तित देखिँदै आएका थिए । पारिवारिक कानूनी समस्यालाई लिएर ओम पुरी साधै समस्यामा रहने गरेको समाचारमा उल्लेख छ ।

स्रोतका अनुसार ओम पुरीले छ जनवरीका दिन दिउँसैदेखि अबरे रातिसम्म मदिरा सेवन गरेर बसेका थिए । सो दिन ओम पुरीको रिलिजका लागि तयार फिल्म ‘रामभजन जिंदाबाद’को टीम पनि सँगै थियो ।

सोही दिन अत्याधिक मदिरा सेवन गरेका कारण आफै लडेर ओम पुरीलाई चोटपटक लागेको हुन सक्ने पनि जनाइएको छ ।

ओम पुरीकी पूर्व पत्नी सीमा कपूरले नवभारतटाइम्स डट कमसँगको कुराकानीमा भनेकी छिन्, ‘अहिले म कुनै प्रतिक्रिया वा बोल्ने अवस्थामा छैन । उनीसँग मेरी भेटघाट १५ दिन पहिला भएको थियो ।’ – एजेन्सी