– सन्तोष यादब
गरुराहा (सप्तरी), २३ पुस । विहिवार दिउँसो २ बजे पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको खरचुहिया बजारमा ना. २ ख. ६१८० नम्बरको ट्रकको ठक्करबाट सप्तरी पंसेरी ९ का लक्ष्मण रामका ५ बर्षिय छोरा अर्जुन रामको घटना स्थलमै मृत्यु भयो ।
आक्रोशित स्थानीयले ट्रक र चालकलाई नियन्त्रणमा लिए । स्थानीयले नै प्रहरीलाई बोलायो । ट्रक चालकलाई बोलाएर आवश्यक क्षतिपूर्ति दिलाउन प्रहरीसँग स्थानीयले माग राखे । तर प्रहरीले पहिले ट्रक र चालकलाई प्रहरी कार्यालय लग्छु भनेर लग्न खोज्दा वातावरण विग्रियो । स्थानीय ट्रक र चालकलाई रोक्न खोज्यो । त्यसपछि प्रहरीले स्थानीयमाथि लाठी बर्साउन थाले । करिब ५ राउण्ड हवाई फायर गरेका थिए ।
यति मात्र होइन् दर्जनौं सेल आँश्रु ग्यास पनि हानेर स्थानीयलाई अन्धोसरह नै बनाएर लाठी चार्ज गरेर महिला र पुरुष गरी करिब १६ जनालाई घाइते बनायो । कसैको टाउँको फुट्यो त कसैको हात खुट्टा भाच्यो । छोराको शव कुरेर बसेकी मृतककी आमा प्रमिलादेवी राममाथि समेत लाठी बर्साउदै शव समेत प्रहरीले जर्वजस्ती राजविराज लग्यो । अहिले मृतक बालकको शव राजविराजस्थित अंचल अस्पतालको पोष्टमार्टम कक्षमा वेवारिसे राखिएको छ भने मृतककी आमा घाइते अवस्थामा घरमा पटक पटक मुर्छित हुने गर्छिन् ।
पीडित परिवारको घरमा तीन दिनदेखि चुलो बलेका छैन् । सबै भोकभोकै छन् । मृतकका बुवा लक्ष्मण वैदेशिक रोजगारका क्रममा कतारमा छन् । एक मात्र मागी छोराको दुर्घटनामा ज्यान गुमेको खबर पाएदेखि उनी पनि बेहोस छन् । पीडित परिवारको परोसीको घरमा समेत चुलो नबलेको र गाउँ नै शोकमा डुबेको अवस्था छ । हिन्दुुपरम्परा अनुसार घरमा कसैको मृत्यु भयो भने दाहसंस्कार नगरेसम्म घरमा चुलो बल्दैन् । घरका मानिस मात्र होइन् मित्र पर्ने कसैको घरमा चुलो नबाल्ने प्रचलन छ । त्यसैले यहाँ सबै भोकभोकै छन् ।
तरपनि घटना मिलाउन स्थानीय प्रशासन कुनै चासो देखाएका छैन् । स्थानीय प्रशासन त कानमा तेल हालेर सुतेका छन् । सप्तरीका सिडिओ बलदेव गौतम सिधै भन्छन् म पीडित कहाँ जादिँन । जे माग छ यहाँ आएर कुरा गर्दा भइहाल्छ नी । उचित क्षतिपुर्ती दिलाउने बाहेक केहि गर्न नसक्ने उनको भनाई छ । तर पीडित परिवारले रु. १० लाख अबिलम्व क्षतिपुर्ती र सामान्य अवस्थालाई उग्र बनाई लाठी बर्साएर दर्जनौं स्थानीयलाई घाइते बनाउने ईलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरीक्षक राजेन्द्र यादबलाई कडा भन्दा कडा कारबाही गर्नुपर्ने माग राखेका छन् ।
दुर्घटना त धेरै हुन्छ । तर प्रकृति भने फरक फरक हुन्छ । यहाँ भएको दुर्घटनाको प्रकृति गम्भिर देखिन्छ । सडक छेउमा उभिएको अवस्थामा ट्रकले किचेर घिर्सादै बालकलाई मारेको प्रत्यक्षदशीहरु बताउँछन् । त्यसमा पनि प्रहरी निरीक्षक राजेन्द्र यादबले आगोमा घिउ थप्ने काम गरे । जसले गर्दा यहाँको अवस्था झन दर्दनाक बन्दै गएको देखिन्छ । तीन दिन वितिसक्दा पनि स्थानीय प्रशासनले चासो नदेखाउदा अब आन्दोलनमा उत्रिने स्थानीयले चेतावनी दिएका छन् ।
स्थानीय प्रशासनले कम्तिमा पीडितको घर पुगेर क्षतिपुर्ती दिलाउन पहल गरोस् । सामान्य वातावरणलाई उग्र बनाउने र निहत्था जनतामाथि लाठी तथा गोली बर्साउने काम गरेका ईलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरीक्षक यादबमाथि कडा भन्दा कडा कारबाही, घाईतेको निःशुल्क उपचार गराउने प्रतिवद्धता जनाएर स्थानीय प्रशासनले घटनालाई साम्य पार्न जरुरी छ ।












प्रतिक्रिया