
काठमाडौं, २३ पुस । ग्लोबल आइएमई बैंकले दशौैँ बर्ष पूरा गरि एघारौैँ बर्षमा प्रबेश गरेको अवसरमा बिगतका बर्षहरुमा जस्तै यसबर्ष पनि विविध कार्यक्रमको अयोजना गरेको छ ।
दशौँ बार्षिकोत्सवको अवसरमा बैंकले शनिबार विहान राजधानीमा वित्तिय साक्षरता जगाउने उद्धेश्यले प्रभातफेरी कार्यक्रमको आयोजना गरेको छ । “बचत गरौँ” भन्ने मूल नाराका साथ काठमाडौँमा आयोजना गरिएको प्रभातफेरी कार्यक्रममा उपत्यकामा कार्यरत कर्मचारीहरुको उल्लेख्य सहभागिता रहेको थियो । प्रभातफेरी कार्यक्रम बैंकको कान्तिपथ शाखादेखि सुरु भएर दरबारमार्ग, घण्टाघर, रत्नपार्क, शहिदगेट, न्यूरोडगेट, बीरहस्पिटल, जमल हुदै पुन कान्तिपथ शाखामा नै आएर समापन गरिएको थियो ।

त्यसैगरी बैंकले १० औ वार्षिकोत्सवको अवसरमा स्थापनाकाल देखि बैंकमा कार्यरत आफ्ना कर्मचारीहरुलाई सम्मान गरेको छ । शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा बैंकका अध्यक्ष चन्द्र प्रसाद ढकालले स्थापनाकालदेखि बैंकमा कार्यरत ३२ जना कर्मचारीहरुलाई सम्मान गर्नुभएको हो ।
दशौँ बार्षिकोत्सव कै अवसरमा बैंकले शुक्रबार वर्न भिक्टिम्स सर्भाइभर्स, नेपालमा आबद्ध आगलागी तथा अति प्रजवल्नशिल पदार्थबाट जलेर पीडित बनेका बच्चाबच्चीहरुलाई ज्याकेट तथा खाद्यान्न वितरण गरेको थियो भने वार्षिकोत्सव कै अवसरमा विहिबार काठमाडौँको शान्तिनगरमा रहेको निःसहाय सेवा सदनमा आश्रय लिइरहेका वृद्धवृद्धाहरुलाई खाना खुवाउनुका साथै कम्बल वितरण गरेको थियो । यस्तै पुस १८ गते सोमवार रक्तदान र निःशुल्क मधुमेह परिक्षण कार्यक्रमको पनि आयोजना गरिएकोे थियो । “रक्तदान नै जीवन दान” भन्ने मूल नाराका साथ आयोजना गरिएको रक्तदान कार्यक्रममा बैंकका कर्मचारी तथा ग्राहकहरुकोहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
२०६३ पौष १८ गतेबाट संचालनमा आएको ग्लोबल आइएमई बैंकले स्थापनाको छोटो अवधिमै अलग पहिचान बनाउन सफल भएको छ । स्थापनाको एक दशक नबित्दै ग्लोबल आइएमई बैंक बैंक अफ द इएर तथा बेष्ट इन्टरनेट बैंकिङ्ग अर्वाडबाट समेत सम्मानित भईसकेको छ ।
९१ शाखा, १०३ एटिएम, ६ बटा एक्टेन्सन काउण्टर, ४४ शाखा रहित बैंकिङ्ग सेवा रहेको ग्लोबल आइएमई बैंकले ६ लाख भन्दा बढि ग्राहकलाई सेवा दिदै आइरहेको छ । त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त मोवाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्टेलिया, मलेसिया, भारत, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दे आइरहेको छ ।


















प्रतिक्रिया