३ कार्तिक २०८३, मंगलबार

नेपाल बङ्गलादेश बैंकको ३९ औं शाखा पाँचथरको फिदिममा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ पुस । नेपाल बङ्गलादेश बैंक लिमिटेडले शाखा बिस्तारको क्रममा पाँचथर जिल्लाको फिदिम न.पा.वडा नं. १-मा आफ्नो ३९ औं शाखा संचालनमा ल्याएको छ ।

उक्त शाखाको शुक्रबार औपचारिक उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगाना तथा फिदिम उद्योग वाणिज्य महासंघका अध्यक्ष मित्रप्रसाद काफ्लेको उपस्थितिमा बैंकका संचालक मुकुन्दनाथ ढुङ्गेल तथा पाँचथर जिल्लाका प्रमुख जिल्ला अधिकारी किरण थापाले संयुक्त रुपमा गर्नुभएको थियो ।

साथै कार्यक्रममा बैंकको एटीएमको उद्घाटन फिदिम उद्योग वाणिज्य महासंघका अध्यक्ष मित्र प्रसाद काफ्ले तथा पाँचथर जिल्लाका प्रमुख जिल्ला अधिकारी किरण थापाद्धारा संयुक्त रुपमा गरिएको थियो ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाले बैंकका सेवाहरुको बारेमा आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो । फिदिम शाखा सहित बैंकले ३९ शाखा, २ एक्सटेन्सन काउन्टर, ७ शाखारहित घरदैलो बंैकिङ्ग सेवा तथा ३७ वटा एटीएमबाट बैंकिङ्ग सुविधा दिंदै आएको कुरा पनि जानकारी गराएको छ ।

बैंक को आ.व. २०७३।७४ को पहिलो त्रैमासिक वित्तिय विवरण अनुसार कुल निक्षेप ३९.६० अर्ब, कुल कर्जा ३४.२७ अर्ब रहेको जनाएको छ । साथै सोहि अवधीमा बैंकको खुद नाफा रु.२२.५० करोड रहेको छ ।