२ कार्तिक २०८३, सोमबार

‘छक्का पञ्जा’को रेकर्ड तोड्न ‘लुट २’लाई दीपकराज गिरीको शुभकामना

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अभिनेता एवं निर्देशक दीपकराज गिरीले फागुन १३ गतेदेखि प्रदर्शनमा आउने चलचित्र ‘लुट २’ लाई ‘छक्का पञ्जा’को रेकर्ड तोड्न शुभकामना दिनुभएको छ । चलचित्र क्षेत्रमा एक आपसमा प्रतिस्पर्धा बढ्दै गइरहेका बेला अभिनेता तथा निर्देशक गिरीले ‘लुट २’ लाई शुभकामना दिनुभएको हो ।

बहुप्रतिक्षित फिल्म ‘लुट २’ को पत्रकार सम्मेलनमा उपस्थित हुनुभएका अभिनेता गिरीले अर्काको फिल्मको कुरा काट्ने प्रवृत्ति नेपाली फिल्म क्षेत्रमा विस्तारै कम हुँदै गइरहको समेत बताउनुभयो । ‘अर्काको फिल्म चल्दा पीडा भएर रक्सी पिउन छोडौं’ उहाँले भन्नुभयो ।

उहाँले अब फिल्म क्षेत्रलाई गाडि बढाउन एकताको खाँचो रहेको औंल्याउनुभयो । उहाँले भन्नुभयोे, ‘छक्का पञ्जाको रेकर्डलाई पनि ‘लुट २’ ले तोडोस् मेरो शुभकामना छ ।’

दिपाश्री निरौला निर्देशित फिल्म ‘छक्का पञ्जा’ ले १६ करोडको व्यापार गर्दै सर्वाधिक व्यापार गर्ने फिल्म बनेको छ ।