४ मंसिर २०८३, शुक्रबार

एमालेको ‘पत्ता साफ’ गर्न यस्तो छ निधिको सुत्र! काँग्रेस र माओवादीबीच मोर्चाबन्दी सुरु

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ पुस । उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधिले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेविरुद्ध अब अन्य दल मिलेर जानुपर्ने बताएका छन् । साथै उनले अब देशलाई एमालेमुक्त बनाउनुपर्ने प्रस्ताव अघि सारे ।

नेपाली कांग्रेसका नेता समेत रहेका निधिले कांग्रेस सम्बद्ध पत्रकार तथा रेडियो सञ्चालकहरुको भेलामा एमालेविरुद्ध सबै मोर्चाहरुमा माओवादी लगायतका दलहरुसँग मिलेर जाने सुत्र सुनाएका हुन् ।

एमालेविरुद्ध कांग्रेस जस्तोसुकै त्याग गर्न तयार रहेको भन्दै उनले भने– ‘अब एमालेविरुद्ध सबै मोर्चाहरुमा माओवादी लगायतका दलहरुसँग मिलेर जाने बेला आयो । आगामी निर्वाचनसम्म सहकार्य हुनुपर्छ । त्यसका लागि नेपाली कांग्रेस जस्तोसुकै त्याग गर्न पनि तयार हुनुपर्छ ।’

एमालेको ‘पत्तासाफ’ गर्ने निधिको सुत्र बुझ्ने हो भने कांग्रेसले सबै पदमा माओवादी केन्द्रलाई बोक्ने र आफूले त्याग गर्ने नै हो । तर, यो सम्भव नरहेको कांग्रेसका युवा नेताहरु बताउँछन् । ‘सबै मुख्य पद माओवादी र तल्लो पदमा कांग्रेस आउने हो भने देशकै ठूलो पार्टीको इज्जत के हुन्छ,’ एक युवा नेताले दैनिक नेपालसँग भने ।

एमालेविरुद्ध मोर्चाबन्दी सुरु

एमालेविरुद्ध कांग्रेस र माओवादी केन्द्रले मोर्चाबन्दी सुरु गरिसकेका छन् । यसको पहिलो उदाहरण आदिवासी जनजाति महासंघको महाधिवेशनलाई लिन सकिन्छ । जहाँ कांग्रेस र माओवादी मोर्चाको जित भयो । यद्यपी एमालेसँग मतान्तर थोरै थियो ।

यसैगरी सामुदायिक रेडियो प्रसारक संघको निर्वाचनमा पनि एमालेविरुद्ध सत्तापक्षका सबै दलहरु एकजुट भएर उम्मेवारी घोषणा गरेका छन् । यसपटक एमालेमुक्त संगठन बनाउन सत्तापक्षबीच शुक्रबार विहान बानेश्वरको इन्द्रेणी होटलमा संयुक्त प्यानल बनाइएको हो ।

प्यानलको अध्यक्षमा कांग्रेसका किशोरजंग थापा र महासचिवमा माओवादीका गोविन्द देवकोटा उम्मेदवार घोषित भएको प्रेस युनियनले जनाएको छ ।

त्यस्तै एमालेबाट सुवास खतिवडा अध्यक्षको उम्मेदवार बन्ने भएका छन् भने महासचिवमा पिताम्बर सिग्देलको नाम टुंगो लागेको छ ।