२ कार्तिक २०८३, सोमबार

गायक बराइली भन्छन्- रातो नम्बरको आरोप १० वर्ष जेल बसेभन्दा बढी सजाय भयो

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– अंकुश कुँवर

काठमाडौं, २२ पुस । सामाजिक सञ्जालमा ‘रातो नम्बर’ बाट फोन आएको भन्दै अफवाह फैलाएको आरोप लागेका गायक दीपक बराइलीले रातो नम्बरको अफवाहले आफूमाथि लागेका आरोपले गर्दा १० वर्षभन्दा बढी जेलमा बसेको पीडा भनुभूति भएको बताएका छन् । बिना कसुर आफूमाथि लागेको आरोपले आफ्नो चरित्र हत्या भएको उनले बताए ।

‘रातो नम्बरको असरबारे अफवाह फैलाइने गरि फसबुकमा आएको फोटो आफूले मोबाइलमा राखेको र होटलमा चिया खानेबेला सोही फोटो हेरिरहेको थिएँ’ उनले भने ‘सोही बेला एकछिनपछि मोबाइलमा कसैको मिसकल आएपछि मोबाइलमा हेर्दा आफू लगायत साथीहरुलाई पनि साँच्चिकै रातो नम्बरबाट रातो नम्बरबाट फोन आएको अनुभूति भएको थियो तर पछि त्यो नभएको पाइयो ।’

तर, यहि कुरालाई गायिका प्रश्ना पाण्डेले आफ्नो मोबाइलमा रातो नम्बरबाट फोन आएको भनेर फेसबुकमा पोष्ट गरेकी थिइन । फेसबुकमा अफवाह फैलाएको भन्दै गायिका पाण्डेलाई पक्राउ गरेपछि गायक बराइलीलाई समेत प्रहरीले पक्राउ गरेको थियो । यही कुरालाई आधार मानेर बुधबार विभिन्न सञ्चार माध्यममा रातो नम्बरबारे अफवाह फैलाएको भन्दै गायक बराइली र गायिका पाण्डे पक्राउ भएको समाचार सम्प्रेषण भएको थियो । गायिका पाण्डेले आफूलाई रातो नम्बरबाट एनसेलको नम्बरमा फोन आएको भन्दै फेसबुकमा ‘स्टाटस’ राखेकी थिइन् । जुन स्टाटसको आधारमा विभिन्न अनलाइनमासमेत नकारात्मक समाचार आएको थियो । तर प्रहरीले पक्राउ गरी सोधपुछ गर्दा उनको नम्बरमा रातो नम्बरबाट फोन नआएको भेटिएको थियो ।

यसैबीच ब्युरोले पत्रकार सम्मेलन गरी रातो नम्बरको अफवाहमा नपर्न र यस्तो हल्ला नफैलाउन सबैसँग आग्रह गरेको छ । ब्युरो प्रमुख एवं प्रहरी नायब महानिरीक्षक (डिआईजी) नवराज सिलवालले रातो नम्बरबाट फोन आउने र उठाउँदा ज्याने जान सक्ने, स्वास्थ्यलाई खराबी हुने, मोबाइल पड्किने भन्ने जस्ता अफवाह फैलाइएको भन्दै त्यस्तो भ्रममा नपर्न सबैमा आग्रह गर्नुभयो ।