मुम्बई । बलिउडका लोकप्रिय अभिनेता ओम पुरीको शुक्रबार बिहान निधन भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार हृदयघात भएर उनको ६६ वर्षको उमेरमा मुम्बईमा निधन भएको हो ।
पञ्जाबको पटियालामा प्रारम्भिक शिक्षा लिएका ओम पुरीले सन् १९७३ मा राष्ट्रिय नाट्य विद्यालयवाट स्नातक गरेका थिए ।
१९७६ मा पुणे फिल्म संस्थानवाट प्रशिक्षण लिएका ओम पुरीले निजी थिएटर ‘मजमा’ स्थापना गरेका थिए । सन १९७६ मा मराठी फिल्म घासीराम कोतवालवाट करिअर सुरु गरेका उनले ३०० बढी हिन्दी फिल्ममा काम गरेका छन् ।
















प्रतिक्रिया