काठमाडौं, २१ पुस । राष्ट्रवादी महिला संघ नेपालले हाल सीमाङ्कन गरिएको ७ प्रदेश खारेज गर्नुपर्ने भन्दै ११ बुँदे माग अघि सारेको छ ।
बिहीबार रिपोर्टर्स क्लब नेपालमा महिला संघ नेपालले पत्रकार सम्मेलन गरेर अहिलेको सिमाङ्कन अवैज्ञानिक र अव्यबहारिक भएको भन्दै सबै प्रदेशलाई भारतसँगको ब्यापारिक नाका जोड्ने गरि सिमाङ्कन कोर्नुपर्ने र संघियताको बारेमा जनमतसंग्रह गर्नुपर्ने लगायतका ११ बुँदे माग अघि सारेको हो ।
त्यस्तै संघले अघि सारेका माँगहरुमा ३, ४ र ५ नम्बर प्रदेशलाई अन्तर्राष्ट्रिय मान्यता प्राप्त व्यापारिक नाकाको रुपमा जोड्नुपर्ने समेत उल्लेख गरिएको छ।
कार्यक्रममा संघकी अध्यक्ष तारा बरालले सरकारले जनतालाई न्याय दिने काम नगरेको भन्दै ३, ४ र ५ नम्बर प्रदेशका जनताले आफ्नो अधिकारको लागि एक पटक फेरि उठ्नुपर्ने बताईन ।
अध्यक्ष बरालले मुलुक कसैको दाईजो नभएको जिकिर गर्दै भनिन्,‘यो देश कसैको फुटबल होईनर सिमांकन ५ जना दुष्ट खेलाडीको म्याच फिक्सिङझैं दुई पैसाको लागि ९९ प्रतिशत जनमतलाई गलहत्याउँदै विदेशीलाई जिताउने खेल होईन, चेतना होस फेरि पनि पराईका हातबाट कोरेको वा कोर्न लगाईएको अवैज्ञानि ७ वा ८ प्रदेशलाई नै निरन्तरता दिने क्रियाकलापलाई अघि बढाईरहे करोडौंको जनतालाई आफ्नो र देशको भविष्यको रक्षार्थ सिंहदरबार भित्र पसेर प्रतिकार गर्नुपर्ने र नेतृत्वको नै विकल्प खोज्नुपर्ने बाध्यता नआओस् भनि ध्यानाकार्षण गराईएको छ।’












प्रतिक्रिया