१९ कार्तिक २०८३, बिहिबार

क्याप्टेन विजय लामाद्धारा पुननिर्मित विद्यालय भवन हस्तान्तरण

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ पुस । महाभूकम्पपछिको ध्वस्त संरचना पुनःनिर्माण गर्न नेपाल सरकार आलटाल गरिरहेको बेला हेलम्बु एजुकेशन एण्ड लाइभ्लीहुड पार्टनरशिप (हेल्प)ले भने विद्यालय भवन पुनः निर्माण गर्न थालेको छ ।

सिन्धुपाल्चोक जिल्लाको हेलम्बु आसपास रहेका केही विद्यालयलाई हेल्पले बनाउदै समुदायलाई हस्तान्तरण गर्न थालेको हो । यसै सिलसिलामा बुधबार आयोजित एक समारोह विच ढाप्सुङ प्रा.वि.हस्तान्तरण भएको हो । इचोक गा.वि.स.मा रहेको उक्त विद्यालयको प्राङ्गनमा आयोजित कार्यक्रममा प्रमुख अतिथि अभिनेता क्या.विजय लामाले रु ३६ लाख ५२ हजार ७ सय ६३ मा निर्मित भवन हस्तान्तरण गरेका हुन् ।

वि.व्य.स.का अध्यक्ष सञ्च तामाङको सभापतित्वमा सम्पन्न उक्त समारोहमा प्रमुख अतिथि लामा, विदेशी नागरिक लिजी होकर, आजको शिक्षा साप्ताहिकका सम्पादक सुर्दशन सिग्देल, दिगो विकास इन्स्टीच्युडका अभिषेक श्रेष्ठ, हेल्पका कार्यकारी निर्देशक जिमी लामा, छिरिङ लामा, भाष्कर काफ्ले, भुमेश्वरी स्रोतकेन्द्र किउलका स्रोत व्यक्ति भरत नेपाल, श्री महेन्द्र मा.वि. इचोकका शिक्षकप्रतिनिधि कृष्ण घिमिरे, सोही प्रा.वि.का प्र.अ रामदयाल शाह लगायतले भौतिक संरचनाको विकाससँगै गुणस्तरीय शिक्षामा सवैले विशेष जोड दिनुपर्ने बताएका छन् ।