१९ कार्तिक २०८३, बिहिबार

कोटेश्वरमा फिल्मी स्टाइलमा लुटिए दाहाल, लुटेरा तत्कालै पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २१ पुस । राजधानीमा एक व्यक्ति फिल्मी स्टाइलमा लुटिएका छन् । र, लुटेरालाई पनि प्रहरीले तत्कालै पक्रेको छ ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार ढुंगा प्रहार गरी लुटपाट गरेको अभियोगमा काभ्रे तिमाल–८ घर भएका २९ बर्षीय बिक्रम लामालाई प्रहरीले पक्राउ गरेको छ ।

लामाले बुधबार काठमाडौँ महानगरपालिका–३५ कोटेश्वरस्थित बाटोमा हिडिरहेका मोरङ गोविन्दपुर–७ घर भएका लक्ष्मी दाहाललाई पछाडीबाट ढुंगा प्रहार गरी लछार पछार पारी साथमा रहेको व्याग लुटी भागेका थिए ।

उक्त घटनाको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरी टोलीले उनलाई कोटेश्वर सल्लाघारी दोहरीसाँझ अगाडीबाट पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।