४ मंसिर २०८३, शुक्रबार

स्वयंसेवकलाई कडा निर्देशन दिंदै बामदेवले भने- एमाले जीवित रहेसम्म यो देश बिखण्डन हुँदैन्

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ पुस । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले एमाले जीवित रहँदासम्म देशलाई विखण्डन हुन नदिने बताउनुभएको छ ।

पुस २२ भोलि हुने विशाल जनप्रदर्शन एवं आमसभामा खटिने स्वयम्सेवकहरुलाई विहिबार विहान पार्टी मुख्यालय धुम्वाराहीमा निर्देशन दिँदै उपाध्यक्ष गौतमले एमाले जीवित रहँदासम्म देशलाई विखण्डन हुन नदिने र जातीय तथा साम्प्रदायिक सद्भाव बिथोल्नेहरूलाई सफल हुन नदिने उद्घोष गर्नुभएको हो ।

उहाँले भन्नुभयो- ‘जबसम्म यो देशमा एमाले छ तबसम्म विखण्डन हुन दिँदैन् र सद्भाव विथोल्न खोज्नेहरु सफल हुँदैनन् ।’

कार्यक्रममा उपाध्यक्ष गौतमले अनुशासित र चनाखो भएर काम गर्न स्वयम्सेवकहरूलाई निर्देशन दिनुभयो । अभद्र तथा उच्छृंखल गतिविधिहरूमाथि निगरानी गर्दै जनप्रदर्शनलाई भव्य र शानदार ढंगले सम्पन्न गर्न उहाँले जोड दिनुभयो ।

संविधान संशोधनको विरोधमा भोलि शुक्रबार एमालेसहित ९ विपक्षी दलले राजधानीमा विशाल जनप्रदर्शन एवं आमसभा आयोजना गरेका छन् । आमसभालाई ९ वटै दलका अध्यक्षले सम्बोधन गर्ने कार्यक्रम छ ।