काठमाडौं, २१ पुस । प्रमुख विपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले आज पत्रकारहरूसँग अन्तरसम्वाद गरेर मुलुकको समग्र राजनीतिक विषयमा धारणा सार्वजनिक गर्ने भएका छन् ।
अन्तरसम्वादमा उनले एमालेसहितका नौ दलहरूले शुक्रबार राजधानीमा गर्न लागेको विरोध प्रदर्शनका साथै समग्र राजनीतिक अवस्थाका बारेमा जानकारी गराउने छन् ।
काठमाडौंको धम्बाराहीस्थित पार्टी मुख्यालयमा दिउँसो एक बजे हुने अन्तरसम्वादमा अध्यक्ष ओलीले नौ दलहरूसँग मिलेर सरकारविरुद्ध किन प्रदर्शन गर्न लागेको हो ? भन्ने विषयमा सबैको जिज्ञासा मेटाउने प्रयास गर्ने छन् । एमाले उच्च स्रोतका अनुसार पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले सरकारविरुद्ध बोल्ने छन् ।
एमालेसहितका नौ दलहरूले भोलि शुक्रबार पुस २२ गते काठमाडौंमा मध्यान्ह विशाल विरोध प्रदर्शन गर्दैछन् । प्रदर्शनको एमालेले सम्पूर्ण तयारी गरिसकेको छ ।
विशाल प्रदर्शनमा एमालेका तर्फबाट पाँच सय स्वयं सेवक परिचालनको तयारी भएको छ ।












प्रतिक्रिया