४ मंसिर २०८३, शुक्रबार

संविधान संशोधनमा सहयोग गर्न एमालेलाई मधेसी मोर्चाको आग्रह, आन्दोलन चर्काउने निर्णय

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर

काठमाडौँ, २० पुस । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संविधान संशोधनका विषयमा सर्वोच्च अदालतले सोमबार गरेको आदेशको स्वागत गरेको छ ।

तमलोपा कार्यालय विजुलीबजारमा बुधबार राति सम्पन्न मोर्चाको बैठकले सर्वोच्चको आदेशपछि संविधान संशोधन प्रस्ताव अगाडि बढाउन बाटो खुलेको भन्दै स्वागत गरेको राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव केशव झाले जानकारी दिनुभयो ।

सरकारले संसद्मा प्रस्तुत गरेको प्रस्ताव परिमार्जनसहित दर्ता गर्नुपर्ने ठहर बैठकले गरेको छ । संशोधन प्रस्ताव पारित गर्न प्रमुख प्रतिपक्षी नेकपा एमालेसहित अन्य दलहरुलाई आग्रह गर्नेसमेत बैठकले निर्णय गरेको महासचिव झाले बताउनुभयो ।

बैठकले संविधान संशोधनका लागि थप दबाबमूलक आन्दोलनका कार्यक्रम बनाउने जिम्मा मोर्चाको सचिवालयलाई दिएको छ ।

मोर्चाले प्रमुख सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा(माओवादी केन्द्र) सँग बिहीबार थप छलफल गर्ने भएको छ ।