१९ कार्तिक २०८३, बिहिबार

अग्रज पत्रकार ढुङ्गेलको निधन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, २० पुस । मोरङका अग्रज पत्रकार ६३ वर्षीय ठाकुरदेव ढुङ्गेलको निधन भएको छ ।

केही दिनदेखि क्यान्सर रोगबाट पीडित उहाँको भरतपुरस्थित क्यान्सर अस्पतालमा उपचारको क्रममा मङ्गलवार साझ मृत्यु भएको हो । उहाँको आज हाटखोलास्थित सिग्याही खोलामा दाहसंस्कार गरिएको छ । सो अवसरमा पत्रकारका साथै उहाँका आफन्त र शुभचिन्तकको उपस्थिति थियो ।

हिमालचुली साप्ताहिकका प्रधानसम्पादक रहनुभएकाका साथै उहाँ पत्रकार कल्याणकोष विराटनगरका सचिव हुनुहुन्थ्यो । विराटनगर– १३ स्थायी घर भएका उहाँका एक श्रीमती र दुई छोरा छन् । रासस