काठमाडौं, २० पुस । मधेसी मोर्चासहितका दलहरू आवद्ध संघीय गठबन्धनले संविधान संशोधनको प्रस्तावलाई यथाअवस्थामा समर्थन गर्न नसकिने निर्णय गरेको छ ।
काठमाडौंको तीनकुनेस्थित संघीय समाजवादी फोरम नेपालको मुख्यालयमा बुधबार बसेको बैठकले संविधान संशोधनको प्रस्तावलाई परिमार्जन गर्न सरकारलाई दबाब दिने निर्णय गरेको राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव एवम् प्रवक्ता केशव झाले जानकारी दिए ।
‘संविधान संशोधनको प्रस्तावलाई परिमार्जन गर्ने पुरानो अडानबाट गठबन्धन पछाडि हटेको छैन’, उनले भने, ‘सरकारले पूर्वसहमतिअनुसार संशोधन प्रस्तावलाई परिमार्जन गर्नुपर्छ । होइन भने यथाअवस्थामा गठबन्धनले समर्थन गर्न सक्दैन ।’
संविधान संशोधनका विषयमा सर्वोच्च अदालतले गरेको फैसलाको स्वागत गरेको गठबन्धनले सार्वभौम सम्पन्न संसदले सो विषयलाई अगाडि बढाउन सक्ने जनाएको छ ।
बैठकमा एमालेले संसद अबरोध गरेर ठूलो गल्ती गरेको भन्दै नेताहरूले आलोचना गरेका थिए । उनीहरूले संविधान संशोधन गरेर निर्वाचनमा जानका लागि पनि आग्रह गरेका छन् ।












प्रतिक्रिया