१ कार्तिक २०८३, शनिबार

पत्रकारको बक्यौता पारिश्रमिक तत्काल भुक्तानी गर्न सञ्चारगृहहरुलाई महासंघको ध्यानाकर्षण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

FNJ

काठमाडौं, २६ भदौ  । नेपाल पत्रकार महासंघले सञ्चार प्रतिष्ठानमा कार्यरत पत्रकार, कर्मचारीहरूको बक्यौता पारिश्रमिक रकम तत्काल भुक्तानी गर्न सञ्चारगृहहरुलाई ध्यानाकर्षण गरेको छ ।

महासंघ अध्यक्ष डा. महेन्द्र विष्टको अध्यक्षतामा बिहीबार बसेको केन्द्रीय समितिका उपलब्ध पदाधिकारी तथा सदस्यहरुको बैठकले यस्तो ध्यानकाकर्षण गरेको हो ।

बैठकले सञ्चार प्रतिष्ठानमा कार्यरत पत्रकारहरुको सेवा, सर्त सुविधाको व्यवस्थाका साथै श्रमजीवी पत्रकार ऐन कार्यान्वयनमा गम्भीरता देखाउन पनि सञ्चार प्रतिष्ठान व्यवस्थापनको पुनः ध्यानकर्षण गराएको छ ।

बैठकले कतिपय सरकारी सञ्चारमाध्यममा राजनीतिक आस्थाका आधारमा पत्रकारहरुलाई निष्कासन गर्ने, नवीकरण नगर्ने र अन्य खालका विभेद गर्ने काम भैरहेकोप्रति आपत्ति जनाएको छ ।

महासंघले प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गर्ने, पत्रकारलाई भौतिक आक्रमण गर्ने, अनेकखालका धम्की दिने, जागिरबाट निष्काशन गर्ने जस्ता पेशागत हस्तक्षेपका घटनाहरुप्रति पनि आपत्ति जनाएको छ ।

बजेटमा व्यवस्था भएअनुसार पत्रकारको क्षमता अभिबृद्धिका लागि तत्काल आमसञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापना, पत्रकारको बिमा र द्वन्द्वपीडित पत्रकार कल्याणकोष स्थापना र सञ्चालनको कार्य तत्काल प्रारम्भ गर्न पनि महासंघले सरकारको ध्यानकर्षण गराएको छ ।