१९ कार्तिक २०८३, बिहिबार

विपक्षीलाई सहमतिमा ल्याई संसदको गतिरोध अन्त्य गर्न प्रधानमन्त्रीलाई सभामुखको आग्रह

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० पुस । सभामुख ओनसरी घर्तीले संसदको गतिरोध अन्त्यका लागि पहल गर्न पुनः प्रधानमन्त्री पुष्पकमल दाहाललाई आग्रह गरेकी छन् ।

संविधान संशोधन विधेयकले विगत एक महिनादेखि संसद अवरुद्ध भइरहेकोमा चिन्ता व्यक्त गर्दै सभामुख घर्तीले बुधबार विहान बालुवाटारमा भेटेर प्रधानमन्त्रीलाई आइतबार अगाडि नै दलहरुबीच सहमति गरेर संसदको गतिरोध अन्त्यका लागि आग्रह गरेकी हुन् ।

घर्तीले विपक्षीलाई पनि सहमतिमा ल्याउनेगरी प्रधानमन्त्रीको हैसियतले अग्रसरता लिन र संसद सुचारु गर्न पहल गर्न आग्रह गरेको सभामुखका प्रेस सल्लाहकार बबिन शर्माले जानकारी दिए ।

जवाफमा प्रधानमन्त्री दाहालले सभामुखको पहलप्रति धन्यवाद दिंदै आइतबार अघि नै दलीय सहमति जुटाउने प्रतिबद्धता जनाएका थिए ।

संविधान संशोधन विधेयक फिर्ताको माग राख्दै प्रमुख विपक्षी एमालेसहित ९ विपक्षी दलको अवरोधले मंसिर १६ यता लगातार संसदको कारमकारवाही ठप्प भएको छ ।