५ मंसिर २०८३, शनिबार

गठबन्धन र मधेसी मोर्चाको अलग–अलग बैठक बस्दै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर

काठमाडौं, २० पुस । अबरुद्ध संसद बैठक २२ पुसदेखि सुचारु हुने भएपछि संविधान संशोधनका विषयमा रणनीति बनाउन संघीय गठबन्धन र मधेसी मोर्चाका अलग अलग बैठक बस्दैछन् ।

काठमाडौंको तीनकुनेस्थित संघीय समाजवादी फोरम नेपालको मुख्यालयमा मध्यान्ह १२ बजे बस्ने गठबन्धनको बैठकमा परिवर्तित राजनीतिक अवस्था र संशोधन विधेयकका विषयमा छलफल हुने राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव केशव झाले जानकारी दिए ।

‘संसदको गतिरोध अन्त्य हुने पक्का देखिएको छ’, उनले भने, ‘मधेसी मोर्चा र गठबन्धनले अहिलेको संशोधन प्रस्ताव अर्पयाप्त छ भन्दै आएको छ । यसलाई परिमार्जनका लागि दबाब दिने छौँ ।’

प्रमुख विपक्षी दल एमालेले पाँच नम्बर प्रदेशबाट तराई र पहाडी जिल्ला टुक्र्याउने गरेर ल्याइएको संशोधन प्रस्ताव राष्ट्रघातीभन्दै सदन अवरोध गर्दै आएको थियो । सर्वोच्च अदालतले संशोधन प्रस्तावका विषयमा संसदको अधिकारभन्दै पन्छिएपछि एमाले सदनको अबरोध खोल्न तयार भएको थियो ।

संघीय गठबन्धन र मधेसी मोर्चाको अलग अलग बैठकले विधेयकलाई परिमार्जनका लागि दबाब दिने रणनीति बनाउने महासचिव झाले बताए ।