२८ आश्विन २०८३, बुधबार

उत्तर कोरियाली राष्ट्रपतिलाई ट्रम्पको चेतावनी- यो सम्भव छैन

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सोल (दक्षिण कोरिया), १९ पुस । उत्तर कोरियाद्वारा अमेरिकी भूभागसम्म हान्न सकिने आणविक क्षेप्यास्त्र निर्माण गर्ने प्रविधि निर्माणको अन्तिम चरणमा पुगेको भनी दिएको उत्तर कोरियाली राष्ट्रपति किम जङ उनको प्रतिक्रियाप्रति अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले ‘यो सम्भव छैन’ भनी प्रतिक्रिया दिनुभएको सोलले जनाएको छ ।

दक्षिण कोरियाले ट्रम्पको उक्त सन्देश उत्तरविरुद्धको प्रष्ट चेतावनी रहेको जनाएको छ । दक्षिण कोरियाले मङ्गलबार “अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले ‘यो सम्भव छैन’ भन्ने प्रष्ट चेतावनी दिएको” बताएको छ ।

अमेरिकी राष्ट्रपतिमा निर्वाचित ट्रम्पको सन्देश उत्तर कोरियाको विषयमा महत्वपूर्ण मानिएको छ किनकी यस पहिले उत्तर कोरियाको आणविक हतियार विषयमा उहाँले केही जनाउनुभएको थिएन, दक्षिण कोरियाली विदेश मन्त्रालयका प्रवक्ता चो जुन ह्युकले बताउनुभयो । यो प्योङयाङविरुद्धको प्रष्ट चेतावनी हो, चोले थप्नुभयो ।

अमेरिकी वर्तमान ओबामा प्रशासनले उत्तर कोरियालाई आणविक हतियारसहितको राष्ट्रका रुपमा कुनै हालतमा स्वीकार गर्न नसकिने बताउँदै आएपनि ट्रम्पले भने उत्तर कोरिया सम्बन्धमा आफ्नो नीति कस्तो रहनेछ भनी यसअघि केही नजनाउनुभएको चोको भनाई थियो । – एएफपी