१९ कार्तिक २०८३, बिहिबार

चट्याङ मास्टर र भट्टराईलाई भैरव पुरस्कार प्रदान गरिने

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ पुस । प्रसिद्ध हास्यव्यङ्ग्यकार स्वर्गिय भैरव अर्यालको स्मृतिमा स्थापित भैरव पुरस्कार काठमाडौं निवासी चट्याङ मास्टर (कृष्णमुरारी गौतम) तथा भैरव प्रतिभा पुरस्कार पोखराका शेषराज भट्टराईलाई प्रदान गरिने भएको छ ।

भैरव पुरस्कार गुठीका अध्यक्ष रोचक घिमिरेको सभापतित्वमा राजधानीमा सोमबार बसेको बैठकले पुरस्कारको घोषणा गरेको हो । प्रत्येक दुई वर्षको अन्तरालमा दिइने भैरव पुरस्कारको राशी नगद ५० हजार रुपैया तथा भैरव प्रतिभा पुरस्कारको राशी २५ हजार रुपैया रहेको छ । गौतम तथा भट्टराईलाई वर्ष २०७१–७२ को लागि उत्कृष्ट हास्यव्यङ्ग्यकारको रुपमा पुरस्कृत गर्न लागिएको गुठीका सचिव वसन्त रिजालद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

अर्यालकै स्मृतिमा आयोजना गरिएको काठमाडौं क्षेत्र नम्बर २–३ व्यापी माध्यामिक विद्यालय स्तरीय हास्यव्यङ्ग्य प्रतियोगितामा विजयीहरुको नाम पनि गुठीले घोषणा गरेको छ । जस अनुसार पहिलो स्थान मोनास्टिक पब्लिक स्कुलकी छात्रा अविना थापाले हासिल गरेकी छिन् । द्धितीय स्थान जेभियर इन्टरनेशनलकी दृष्टि लम्सालले हात पारेकी छिन् भने आदर्श मावि भद्रवासकी प्रमिला फुयाँल तेस्रो भएकी छिन् ।

अरुणिामा माविका शौरभ फुयाँलले सात्वना पुरस्कार प्राप्त गरेका छन् । पुरस्कारको राशी क्रमश १० हजार, ७ हजार, ५ हजार र ३ हजार रुपैया रहेको छ । यी सबै पुरस्कारहरु वरिष्ठ साहित्यकारहरुकोे उपस्थितिमा यही पुष २९ गते वितरण गरिने भैरव पुरस्कार गुठीले जनाएको छ ।