२ कार्तिक २०८३, सोमबार

बलिउडमा पहिलोपटक सलमान र अक्षय एउटै फिल्ममा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । सलमान खान, अक्षय कुमार र करन जौहर अब एकै फिल्ममा देखिने भएका छन् । बलिउडमा यसलाई वर्ष २०१७ को पहिलो सरप्राइज मानिएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार सलमान, अक्षय र करनले आफै ट्वीट गरेर यो खबरलाई पुष्टि गरेका छन् । फिल्म २०१८ मा रिलिज हुने बताइएको छ ।

यो फिल्मलाई सलमान र करनले प्रड्यूस गर्ने र अक्षयकुमार भने मेन लीडमा देखिने छन् ।

यो पहिलो अवसर हो जहाँ करन, सलमान र अक्षयले कुनै एउटा फिल्ममा हात मिलाएको । फिल्मलाई अनुराग सिंहले निर्देशन गर्ने बताइएको छ ।

करन र अक्षयसँग काम गर्न पाएकोमा आफू निकै उत्साहित भएको भन्दै सलमानले भनेका छन्- ‘नयाँ वर्षको सुरुवातमा यो निर्णय सबैभन्दा सहि छ । मेरो दोस्त अक्षयसँग जोडिएर काम गर्न पाउँदा निकै खुसी छु ।’

यता अक्षय कुमारले पनि फिल्म उद्योग दुई अनुभवी कलाकारसँग जोडिएर काम गर्न पाउँदा मेरो लागि ठूलो कुरा हो भनेका छन् । साथै फिल्मको विषय निकै रोचक रहेको र दर्शकले पनि जरुर मन पराउने उनको भनाई छ ।