२ कार्तिक २०८३, सोमबार

यी सुन्दरीः जसले पहिलो म्युजिक भिडियो रिलिज नहुँदै संसार छाडिन्, अधुरै रह्यो सपना

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । टर्कीको राजधानी इस्तान्बुलको नाइट क्लबमा भएको आतंकवादी हमलामा ज्यान गुमाउने भारतीय सुन्दरी खुशी शाहको सपना पूरा हुनुभन्दा पहिला नै उनले यो संसार छाडिन् ।

खुशी जो एक फेसन डिजाइनर थिइन् उनले एक म्युजिक भिडियो शूट गरेकी थिइन् तर, खुशीले यो भिडियो रिलिज भएको देख्न पाइनन् ।

खुशीले गत वर्षको अक्टुबर महिनामा यो भिडियोका लागि दुबईमा शूटिंग गरेकी थिइन् । भिडियोमा उनी पहिलोपटक मोडलको रुपमा देखिएकी थिइन् ।

भिडियोका निर्देशक एवं खुशीका साथी अजीजका अनुसार न्यु इयरभन्दा चार दिन अगाडिसम्म खुशी आफ्नो म्युजिक भिडियोलाई लिएर निकै नर्भस थिइन् । भिडियो जनवरीमा रिलिज हुनेवाला थियो ।

साथै खुसी आफ्नो करियरलाई लिएर गम्भीर थिइन् । हरेक परिचितसँग आफ्नो करियर महत्वकांक्षाबारे सोध्ने गर्थिन् ।

खुसीले फेसन अपैरल डिजाइनमा अमेरिकन इन्टरकांन्टिनेन्टल युनिवर्सिटीबाट ग्राजुएशन गरेकी थिइन् । उनी ६ वर्ष पहिले मुम्बई फर्किएकी थिइन् ।

मुम्बईमा उनले खुशी जे नामको आफ्नो स्टोर खोलेकी थिइन् । जसको अभिनेता अरबाज खानले लञ्च गरेका थिए ।

महिलाको गाउन्स, इवनिंग वियर बनाउनमा प्रख्यात खुशी गत वर्षको अप्रिलमा पुरुषहरुलाई नो बीएस लञ्च गरेकी थिइन् ।

खुशीले अभिनेता आर माधवन र शिल्पा शेट्टीका पति राज कुन्द्राका लागि पनि कपडा डिजाइन गरेकी थिइन् ।

खुशीका अलावा इस्तान्बुल आक्रमणमा भारतीय फिल्म निर्माता अबीस रिजवी पनि मारिएका छन् । यो हमलामा ३९ जना मारिएका थिए भने ६९ जना घाइते छन् ।