४ मंसिर २०८३, शुक्रबार

अदालतको निर्णय आएपछि नेताहरु बिस्तारै नरम हुनुभएको छ: सभामुख घर्ती

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १९ पुस । सभामुख ओनसरी घर्तीले संविधान संशोधन विधेयकका बारेमा सर्वाेच्च अदालतबाट भएको पछिल्लो निर्णयले घनीभूत छलफलको आवश्यकता औँल्याएको भनी दलहरुले समय माग गरेको हुँदा संसद्को बैठक केही दिन पछि सारिएको बताउनुभएको छ ।

संसद्को बैठक स्थगनपछि आज पत्रकारसँग कुरा गर्दै उहाँले भन्नुभयो – “अदालतको निर्णय आएपछि नेताहरु बिस्तारै नरम हुनुभएको छ, हिजोको गरमपना हटेको छ, सबै मिलौँ भन्ने नै छ, अदालतको फैसलाले एउटा सकारात्मक वातावरण बनाएको छ ।”

अदालतले विधेयकका बारेमा निर्णय आफैं गर्ने अधिकार संसद्को हो भन्ने स्पष्ट ढङ्गले भनेको बताउँदै सभामुख घर्तीले दलहरुबीच सहमतिबाहेक अर्काे विकल्प छैन भन्नुभयो ।

छलफलमा प्रमुख प्रतिपक्षलगायत दलले सदनको अर्काे बैठक अवरोधका बीचमा अघि लैजानु नपरोस् भन्नाका लागि अदालतको फैसलालाई समेत ध्यानमा राखेर घनीभूत छलफल अघि बढाउन केही दिनको समय चाहिएको बताएका थिए ।

सभामुख घर्तीले व्यवस्थापिका–संसद् भवन नयाँ बानेश्वरमा संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेता र सचेतकसँगको छलफल र परामर्शबाट आजको बैठक स्थगन गरेर यही पुस २४ गते बैठक राख्ने निर्णय गर्नुभएको छ ।

प्रमुख प्रतिपक्ष लगायत दलहरुले संविधान संशोधन विधेयकको विरोधमा यही पुस २२ गते यहाँ आमसभासमेत गर्ने निर्णय यसअघि नै गरिसकेका छन् । रासस